१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
२o८o श्रावण २५ बिहीबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापका तीन गाउँपालिकालाई रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउने

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार १४:४८:oo

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले जिल्लाका तीन गाउँपालिकाका नागरिकलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउने भएको छ।

जिल्लाको उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाका नागरिकलाई बिरामी परेको बखत निःशुल्क रूपमा रगत उपलब्ध गराउने गरी बुधबार सम्बन्धित गाउँपालिका र नेपाल रेडक्रस रामेछाप शाखाबीच सम्झौता भएको हो। रेडक्रसले अन्य जिल्ला शाखा र केन्द्रीय रक्तसञ्चार सेवाबीच पनि सम्झौता गरेको छ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको आन्तरिक सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटी केन्द्रका तर्फबाट महामन्त्री भूपतिलाल श्रेष्ठ र रामेछाप शाखाको तर्फबाट मन्त्री दुर्गाबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्। पत्रमा हस्ताक्षर गर्दै केन्द्रीय महामन्त्री श्रेष्ठले बिरामीलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउन रामेछाप रेडक्रसले गरेको पहलको प्रशंसा गरेका थिए।

यसैगरी, रामेछाप रेडक्रसका मन्त्री दुर्गा श्रेष्ठले रामेछापका सबै स्थानीय तहमा निःशुल्क रूपमा रक्त सेवा प्रदान गर्दै जाने योजना आफूहरूले अघि सारेकाले सोहीअनुसार काम गर्दै जाने बताए।

नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूलाई रगत अभाव हुँदा रगत उपलब्ध गराउँदै आएको छ।