१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २२ सोमबार १३:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार १३:३७:oo

नेकपा एमालेको अवरोधपछि आइतबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले आज पनि बैठक स्थगित गरेको हो।

बैठक सुरु हुनासाथ बोल्दै एमाले सांसद दिलकुमारी रावल थापा पार्वतीले उक्त घटनाले नेपालको सुरक्षा अवस्था उदांगो भएको बताएकी थिइन्। यस्तो परिस्थितिमा समेत सरकार संवेदनशील नभएको उनको आरोप थियो।

‘यस्तो परिस्थितिमा पनि वर्तमान गठबन्धन सरकार संवेदनशील बनेको देखिँदैन। सुन काण्डको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको मागसहित नेकपा एमालेले सदन अवरुद्ध गरिरहेको छ,’ रावलले भनिन्।

राष्ट्रिय सभाको अर्को बैठक साउन २४ गते बुधबार १ः०१ बजेका लागि तय गरिएको छ।