१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १२ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण १२ शुक्रबार १३:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सानिमा बैंकको सानिमा ‘फाइभ इन वान’ खाता सेवा सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १२ शुक्रबार १३:४६:oo

सानिमा बैंकले ग्राहकहरूका लागि सानिमा ‘पाँच इन वान’ खाता सेवा सार्वजनिक गरेको छ।

सानिमा ‘फाइभ इन वान’ खाता सेवा, सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा हो। यसअन्तर्गत ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी आस्वा र मेरो सेयरको सेवाका लागि एकैपटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन्।

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो। यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटमा उपलब्ध ‘‘फाइभ इन वान’ अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सी आस्वा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सक्नेछन्।