१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ९ मंगलबार १८:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सानिमा बैंक र नेपाल कृषि बजार विकास कार्यक्रमबीच सहकार्य पत्रमा हस्ताक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार १८:३९:oo

सानिमा बैंक लिमिटेड र स्विसकन्ट्याकको नेपाल कृषि बजार विकास कार्यक्रम–फेज २ बीच कोसी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रूपमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले सहकार्यपत्रमा हस्ताक्षर भएको छ।

कोसी प्रदेशअन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुने बैंकले जनाएको छ। सहकार्यअनुसार कृषि कर्जाको प्रक्रियालाई प्रविधीकरण गर्ने, कृषि कर्जासम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यावसायिक साक्षरता कार्यक्रमहरू आयोजना गर्ने तथा कृषि उद्यमीहरूको आवश्यकतालाई प्रभावकारी रूपमा पूरा गर्न बैंकका कर्मचारीहरूलाई प्रशिक्षण दिनेजस्ता कार्यहरू गरिने बताइएको छ।

उक्त अवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले यस सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने जानकारी दिए।