१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तरीमा थप एक महिलामाथि सामूहिक बलात्कार

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

सप्तरीमा थप एक महिलामाथि सामूहिक बलात्कार भएको छ। गत शनिबार राति १० बजेतिर ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।

महिलामाथि सामूहिक बलात्कार गर्ने पाँचजनामध्ये तीनजनालाई पक्राउ गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका– ५ का २५ वर्षीय शिवकुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्रीनारायण सदा छन्। घटनामा संलग्न २५ वर्षीय फुलकुमार सदा र २३ वर्षीय शिवकुमार सदा फरार रहेका सप्तरी प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए।

सिंहका अनुसार गत शनिबार शम्भुनाथ नगरपालिकाकी एक महिलालाई उनीहरूले सामूहिक बलात्कार गरेका थिए। पूर्व–पश्चिम राजमार्गदेखि चार सय मिटर दक्षिणतर्फ नर्सरीमा ती महिलालाई सामूहिक बलात्कार गरेको भन्दै पीडित र उनका परिवारले आइतबार बिहान प्रहरी चौकी कठौनालाई जानकारी गराएपछि घटनामा  संलग्नहरूलाई पक्राउ गरिएको उनले बताए।

उनका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाही प्रक्रिया सुरु गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ। उनीहरूविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अन्य अनुसन्धान गरिरहकेो प्रहरीले जनाएको छ।

यसअघि असारको अन्तिम साता सप्तरीको कञ्चनरूप नगरपालिका– १२ मा १७ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको थियो।