१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हरियाली र सफा सहरका लागि अभियान सञ्चालन गर्दै बुटवल उपमहानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:११:oo

बुटवल उपमहानगरपालिकाले मुख्य सडक सरसफाइ तथा वृक्षरोपण अभियान सुरु गर्ने भएको छ। साउन १५ गतेदेखि सुरु हुने ४५ दिने अभियानअन्तर्गत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने कार्यक्रम तय भएको छ।

बुटवल उपमहानगरले चालू आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रमअन्तर्गत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यकरणका लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ। ‘एक घर, तीन रुख’ कार्यक्रमका लागि १२ लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, रात्रिकालीन बजार सञ्चालन तथा व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ।

उपमहानगर प्रमुख खेलराज पाण्डेयका अनुसार मुख्य सडक क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि विभिन्न प्रजातिका फूल र बिरुवा रोपिनेछ। साउन १५ गते सुरु हुने नगरस्तरीय अभियान मुख्य सडक, भित्री सडक, खोलानाला र सार्वजनिक स्थलहरू सरसफाइका लागि प्रत्येक महिना नियमित रूपमा सञ्चालन हुने पाण्डेयले बताए। नगरस्तरीय अभियानबाहेक वडास्तरमा प्रत्येक शनिबार र आवश्यकताअनुसार अभियानकै रूपमा सञ्चालन हुनेछ।

सरसफाइ तथा वृक्षरोपणका लागि बुटवल उपमहानगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरू, राजनीतिक दल, स्वयंसेवी संस्थाहरू, क्लबहरूलाई आह्वान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए। 

बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गर्नका लागि चालू अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरूलाई समेत उज्यालो बनाउँदै रात्रिकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताए। 

ad
ad