१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३१ आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ३१ आइतबार o७:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटन बोर्डले सवा अर्बको बजेट ल्याउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार o७:५३:oo

कार्यान्वयनयोग्य बजेट ल्याउन निजी क्षेत्रको सुझाव

देशमा पर्यटन प्रवर्द्धनको मुख्य जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्षका लागि करिब सवा अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ । बोर्डको बजेट समितिकी संयोजक मिलन देवकोटाले सवा अर्बभित्रको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएकी हुन् ।  

पर्यटन बोर्डले विगत वर्षहरूको बजेटको समीक्षासहित नयाँ बजेटबारे निजी क्षेत्रको राय–सुझाव माग गरेको थियो । पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले कार्यान्वयन हुने खालको बजेट ल्याउन सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दा परम्परागतभन्दा पनि नयाँ ढंगले काम गर्न बोर्डलाई सुझाव दिइएको छ । बोर्डले आयोजना गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा निजी क्षेत्रको सहभागितालाई बढीभन्दा बढी गराउन पनि निजी क्षेत्रको सुझाव छ ।

बजेट संयोजक देवकोटाले आगामी वर्षको ८० प्रतिशत बजेट अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन र बाँकी रकम आन्तरिक पर्यटन प्रवर्द्धन तथा पूर्वाधार निर्माणमा खर्चिने योजना रहेको बताइन् । उनले भनिन्, ‘बोर्डको मुख्य काम पर्यटन प्रवर्द्धन गर्ने रहेको परिप्रेक्ष्यमा निजी क्षेत्रबाट प्राप्त सुझावले बजेट कार्यान्वयनमा सहजता ल्याउने विश्वास गरेका छौँ ।’

बोर्डले निजी क्षेत्रको सुझावलाई समेटेर बजेट तर्जुमा गर्ने र बजेट निजी क्षेत्रमैत्री हुने बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए । उनले छलफलका क्रममा निजी क्षेत्रबाट रचनात्मक सुझाव आएको उल्लेख गर्दै ती सुझावलाई समेटेर बजेटलाई अन्तिम रूप दिइने बताए । बोर्डका सदस्य मदन आचार्यले निजी क्षेत्रसँग गरिएको छलफलले बजेट निर्माण तथा कार्यान्वयनमा सहजता ल्याउने बताए । 

छलफलमा होटेल संघ नेपाल (हान), प्यासिफिक एसोसिएसन अफ ट्राभल एजेन्ट (पाटा), ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सिज (नाटा), नेपाल ¥याफ्टिङ एजेन्सिज (नारा), नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए)लगायत संस्थाहरूका प्रतिनिधिहरूले बोर्डको आगामी बजेटका सम्बन्धमा आफ्ना सुझाव दिएका थिए ।