१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २७ बुधबार १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दीर्घकालीन असर पर्ने निर्णय नगर्न कोसी प्रदेश सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २७ बुधबार १८:४१:oo

सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न कोसी प्रदेश सरकारलाई अन्तरिम आदेश दिएको छ।

हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधिश सपना प्रधान मल्लको एकल इजलासले मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालिन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो।

कोसी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संविधान मिचिएको भन्दै कार्कीले रिट दायर गरेका थिए। कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्दा कांग्रेस, माओवादीलगायतका दलले सभामुख गौतमको पनि हस्ताक्षर समावेश गरेका छन् ।

थापालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन र सो मुद्दालाई निरन्तर सुनुवाइमा राख्न समेत सर्वोच्चले आदेश गरेको छ। साथै निवेदकको मागबामोजिम आदेश दिनु नपर्ने कारणसहित एक साताभित्र लिखित जवाफ दिन आदेशमा भनिएको छ।