१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २७ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २७ बुधबार १७:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २७ बुधबार १७:o८:oo

सानिमा बैंक लिमिटेडले सानिमा दीर्घायु तलब बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ।

बैंकका खातावाला भूमिका आलेको दुर्घटना भई मुत्यु भएकाले उनको हकवाला क्षितिज आलेलाई रु १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ। बैंकका कुमारीपाटी शाखाका प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेकी हुन्।

स्वर्गीय भूमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दीर्घायु तलब बचत खाता खोलेकी थिइन्।

सानिमा बैंकले दीर्घायु बचत तलब खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरूको उपचार बिमा, रु. १० हजारसम्मको ओपिडी भुक्तानी शुल्कसहितको रु. ५० हजारसम्मको औषधी उपचार बिमा, रु. ५० हजारको आवधिक जीवन बिमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।