१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १६ शनिबार
  • Monday, 12 May, 2025
सौरभ यादव राजविराज
२o८o असार १६ शनिबार १७:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकका कर्मचारीकाे ‘स्क्याम’ प्रकरण : फरार आरोपित अझै पक्राउ परेनन्

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o असार १६ शनिबार १७:२o:oo

एनआइसी एसिया बैंकको राजविराज शाखामा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणमा पक्राउ पुर्जी जारी भएको दुई महिना बित्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत दायर भएको सरकारी कागजात किर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट गत वैशाखको दोस्रो साता बैंकर्ससहित ९ जनाविरुद्ध जारी भएको थियो। तर, प्रहरीले अझैसम्म आरोपितलाई नियन्त्रणमा लिन सकेको छैन।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले पक्राउ पुर्जी जारी भएसँगै उनीहरूको खोजी कार्य भइरहेको बताए। नक्कली धितो जग्गा र सो जग्गाका जग्गाधनी खडा गरी दुई करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गरेको नयाँ पत्रिकालाई प्राप्त जग्गा रोक्का विवरणमा उल्लेख छ। सो धितोको जग्गाधनी राजविराज नगरपालिका– ९ (तत्कालीन मलेठ गाविस वडा– ७) की बसिरन खातुनलाई बनाइएको छ।

उनको नाममा किर्ते गरी प्रसवनी– ९ (ग)को कित्ता नम्बर २२१ को १० कट्ठा ५ धुर जग्गाको जग्गाधनी प्रमाणपत्र बनाएर एनआइसी एसिया बैंक राजविराजले गत माघ २ गते रोक्का नम्बर १५१२०९८ (एनएल०००२२९)मा जग्गा रोक्का गरेको छ।

स्रोतका अनुसार शाखाका प्रबन्धक यादव र व्यवसायी मो. समसाद खानले किर्ते जग्गाधनी प्रमाणपत्र तयार गरेर खातुनलाई जग्गाधनी बनाई सोही जग्गा बैंकमा धितो राखेका थिए। खातुनकै बुहारी एएस ट्रेडर्स एन्ड सप्लायर्सकी सञ्चालकसमेत रहेकी राजविराज नगरपालिका– ९ की आसमा खातुनलाई ऋण दिइएको छ।

‘स्क्याम’सँगै बैंकका प्रबन्धक यादव, आसमा खातुन, बसिरन  खातुन, मो. सदाम, व्यवसायी मो. समसाद, तत्कालीन सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दीपेन्द्र यादव, भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर दीपक शर्मा र व्यवसायी शंकर यादव फरार छन्।

गत माघ २५ गते नयाँ पत्रिकाले एनआइसी एसिया बैंक राजविराज शाखाले नक्कली धितो जग्गामा पौने तीन करोड रुपैयाँ ऋण दिएको समाचार प्रकाशन गरेको थियो।