काठमाडौंको कमलादीमा करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माण भएको ‘स्काई–वाक’ टावर शुक्रबारदेखि सञ्चालनमा आएको छ। काठमाडौंमा नयाँ र भिन्न स्वादको पयर्टकीय गन्तव्य थप्ने उद्देश्यले वन्डर्स नेपाल नाममा संस्थाले २३ तलामाथि सिसामा उभिन र हिँड्न मिल्ने संरचना तयार पारेको हो।
७८.५ मिटर उचाइको यस संरचनामा १८ तलासम्म लिफ्ट चल्छ । त्यसमाथिका तलामा होटेल, क्लब र इभेन्ट एरिया छन् भने २३औँ तला अर्थात् सबैभन्दा टपबाट टावरको फेदसम्म देखिने गरी सिसा बिछ्याइएको छ। जसमाथि हिँड्न, बस्न र आराम गर्नसमेत मिल्छ। यहाँबाट उपत्यकाका अधिकांश भाग नियाल्न सकिन्छ।