१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १० आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १० आइतबार १७:१o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सानिमा बैंकद्वारा बिमा रकम हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १० आइतबार १७:१o:oo

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत रु. ३ लाखको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ। बैंकले खातावाला राममाया अधिकारीलाई बिमा रकम भुक्तानी गरेको हो।

बैंकको बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बिमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरे। राममाया अधिकारीले सानिमा बैंकको धादिङबेँसी शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेकी थिइन्।

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु. ३ लाखसम्मको १३ घातक रोगको उपचार बिमा, रु. १० हजारसम्मको ओपिडी भुक्तानी शुल्कसहितको रु. ५० हजारसम्मको औषधी उपचार बिमा, रु. ५० हजारको आवधिक जीवन बिमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।