१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ४ सोमबार
  • Sunday, 11 May, 2025
रासस नयाँ दिल्ली
२o८o असार ४ सोमबार १४:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा अत्यधिक गर्मीका कारण ९८ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, नयाँ दिल्ली
नयाँ पत्रिका
२o८o असार ४ सोमबार १४:oo:oo

भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको स्थानीय अधिकारीले बताएका छन्।

गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका छन्।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी)को तथ्यांकअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो । यो सामान्यभन्दा ४.७ डिग्री सेल्सियस बढी हो।

उत्तर प्रदेशको सबैभन्दा बढी प्रभावित जिल्ला बलिया हो । बलियाका प्रमुख स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, ‘सबै व्यक्ति केही न केही रोगबाट पीडित थिए र अत्यधिक गर्मीका कारण उनीहरूको अवस्था बिग्रिएको थियो। बिहीबार २३, शुक्रबार २० र शनिबार ११ जनाको मृत्यु भएको थियो।’

यसबाहेक बलियाको एक जिल्ला अस्पतालमा पछिल्लो तीन दिनमा कम्तीमा चार सयजनालाई भर्ना गरिएको उनले बताए। गर्मीका कारण ज्वरो आउने, सास फेर्न गाह्रो हुने र अन्य स्वास्थ्य समस्या देखिएको बिरामीले गुनासो गरेका थिए।

जिल्ला प्रशासनका अनुसार बिरामी र कर्मचारीलाई गर्मीको जोखिम हुन नदिन सरकारी अस्पतालमा पंखा, एयरकुलर र एयर कन्डिसनरको व्यवस्था गरिएको छ। बिरामीको चापका कारण अस्पतालमा चिकित्सक र प्यारामेडिकल स्टाफको संख्या बढी रहेको छ ।