१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दुईवटा दमकल किन्दै ललितपुर महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:४४:oo

आगलागी नियन्त्रण र यसको क्षति न्यूनीकरण गर्न ललितपुर महानगरपालिकाले थप दुईवटा दमकल किन्ने भएको छ । आगलागी नियन्त्रणमा महानगरसँग हाल भएका दुईवटा दमकल र दुईवटा पानीट्यांकर अपुग भएपछि थप दमकल किन्ने योजना अघि सारेको हो । 

महानगर प्रहरी प्रमुख सीताराम हाछेथूका अनुसार आगलागीको जोखिम र क्षति कम गर्न महानगरले जनचेतनामूलक कार्यक्रम पनि चलाइरहेको छ । अब थप दमकल पनि किन्न लागेको उनको भनाइ छ । ‘पहिला आगलागीका घटना भए दमकल त जान्थ्यो, तर बीचमा पानी सकिए आगलागी नियन्त्रण कठिन हुन्थ्यो । अहिले दमकल सँगसँगै पानीट्यांकर पनि पठाउँछौँ । ट्यांकरमा पानी पनि तयारी अवस्थामा हुन्छ । पानी भर्न कुद्नुपर्ने अवस्था छैन,’ उनले भने । उनका अनुसार महानगरभित्र रहेका पिलाछें, ढोलाछें, भिन्डेलाक्षीं, चोछेंलगायतका कोर क्षेत्रमा आगलागी भए पनि दमकलले आगो निभाउन सक्ने अवस्था बनेको छ । 

महानगरभित्रको जुनसुकै क्षेत्रमा आगलागी भए पनि पाँच मिनेटभित्र दमकल पुग्ने स्थिति बनाएको महानगरको दाबी छ । ‘आगलागी भए दमकल, एम्बुलेन्स र नगर प्रहरी सँगसँगै जान्छन्,’ महानगर प्रहरी प्रमुख हाछेथूले भने । 

ad
ad