
सिन्धुलीको कमलामाई नगरपालिका– ७मा रूखको हाँगाले लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमलामाई– ७ का मानबहादुर लामा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मंगलबार बिहान घरबाट १.५ किलोमिटर टाढा रहेको जनकल्याण सामुदायिक वनको रूखमा अड्किएको अर्को रूखको हाँगा काट्ने क्रममा हाँगाले टाउकोमा लागी घाइते भएका लामालाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक लामाको शरीरका विभिन्न भागमा चोटपटक लागेको र घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।