१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Sunday, 11 May, 2025
रासस काठमाडौं
२o८o जेठ २२ सोमबार १६:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा दोहोरो अंकको गिरावट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार १६:३६:oo

साताको पहिलो कारोबार दिन आइतबार ५० अंकले बढेको नेप्से परिसूचकमा दोस्रो दिन दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १७.३८ अंकले घटेर एक हजार नौ सय १.९९ अंकमा कायम भएको छ।

आज दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार तीन सय ८१ कित्ता सेयर ३६ हजार पाँच सय ६८ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सातबराबरको कारोबार भएको छ।

आज सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बिमा समूह एक सय २४ दशमलव १४ र उत्पादन तथा प्रशोधन समूह एक सय २१ दशमलव ३० अंकले घटेको छ। बैंकिङ समूह नौ दशमलव १६, विकास बैंक ५० दशमलव ९५, वित्त १७ दशमलव ३९, होटेल तथा पर्यटन ३२ दशमलव ०१, जलविद्युत् ११ दशमलव ५१ र लगानी समूह शून्य दशमलव ५४ अंकले घटेको छ।

त्यसैगरी, लघुवित्त समूह १८ दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बिमा समूह ५७ दशमलव ०६, व्यापार समूह ३६ दशमलव ९४ र अन्य समूह २० दशमलव ६३ अंकले घटेको छ।

ग्लोबल आइएमइ ब्यालेन्स्ड फन्ड–१ को सेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ०२ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने शिवम् सिमेन्ट लिमिटेडको सेयर मूल्य चार दशमलव ५० प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको रु १९ करोड ८९ लाख ५६ हजार तीन सय ५३ बराबरको चार लाख १४ हजार छ सय १६ कित्ता सेयर किनबेच भएको छ।