नेपालका युरोलोजिस्टहरूको छाता संगठन नेपाल एसोसिएसन अफ युरोलोजिकल सर्जन्सको नयाँ कार्यसमिति चयन भएको छ। महेशबहादुर अधिकारीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन भएको हो।
संस्थाको महासचिवमा डा. भोजराज लुइँटेल, उपाध्यक्षमा डा. पवनराज चालिसे र कोषाध्यक्षमा डा. अरविन्दकुमार साह निर्वाचित भएका छन्। सदस्यहरूमा डा. अमितकुमार साह, डा. विपेन्द्र ध्वज राई, डा. घनश्याम सिग्देल, डा. मनीषमान प्रधान र डा. जुविन सिलवाल निर्वाचित भएका संस्थाका महासचिव डा. लुइँटेलले जानकारी दिए।