१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्रिन डेभलपमेन्ट बैंक र पोखरा महानगरबीच कर्जा सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:३३:oo

ग्रिन डेभलपमेन्ट बैंकले पोखरा महानगरभित्रका लक्षित व्यक्तिहरूलाई स्वरोजगार कर्जा उपलब्ध गराउने भएको छ । पोखरा महानगरपालिकाको सहकार्यमा आधारित साझेदारी कार्यक्रम र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच पोखरा महानगरभित्रका लक्षित समुदायका व्यक्तिहरूलाई कृषि, पशुजन्य, साना तथा सेवामूलक व्यवसाय सञ्चालन गर्न प्रतिव्यक्ति दुई लाखसम्म कर्जा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।

एक कार्यक्रमबीच पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीबीच कर्जा लगानी सम्झौता सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा कार्यालयको सिफारिसमा महानगरपालिकामा बसोवास गर्ने लक्षित समुदायका व्यक्तिहरूलाई विनाधितो व्यक्तिगत एवं सामूहिक जमानीमा कर्जा प्रदान गरिनेछ ।

कर्जा व्याजदर वार्षिक ८ प्रतिशत रहने र कर्जाग्राहीले नियमित रूपमा किस्ता चुक्ता गरेपछि बुझाएको ब्याजको ६० प्रतिशतले हुन आउने रकम सम्बन्धित ऋणीलाई अनुदानस्वरूप फिर्ता दिइनेछ । 

पोखरा महानगरपालिकाका मेयर आचार्यले  बैंकबाट सर्वसुलभ रूपमा प्रदान गरिएको कर्जा लगानीले सामाजिक र आर्थिक रूपान्तरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैंकले यसभन्दा अघि ०७७ सालदेखि रूपा गाउँपालिकाको युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकासँग सम्झौता गरी लक्षित समुदायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ ।

ad
ad