१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २१ आइतबार
  • Sunday, 11 May, 2025
लन्डन
२o८o जेठ २१ आइतबार o८:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सिटीले जित्यो एफए कप 

Read Time : < 1 मिनेट
लन्डन
नयाँ पत्रिका
२o८o जेठ २१ आइतबार o८:२७:oo

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले शनिबार चिरपरिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई फाइनलमा २–१ ले हराउँदै एफए कपको उपाधि जितेको छ । सिजनको दोस्रो उपाधि दिलाउने क्रममा सिटीका इल्केए गुन्डोगानले दुई गोल गरेका थिए । युनाइटेडका फर्नान्डेसले एक गोल फर्काएका थिए ।

विम्बली रंगशालामा खेलको पहिलो मिनेटमै गुन्डोगानले सिटीलाई १–० को अग्रता दिलाए । युनाइटेडले पहिलो हाफमै सिटीलाई १–१ को बराबरीमा रोक्न सफल भयो । खेलको ३३औँ मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याएका हुन् । सिटीका ज्याक ग्रेलिसले डिबक्सभित्र ह्यान्ड गरेपछि भिएआरको सहायतामा युनाइटेडले पेनाल्टी प्राप्त गर्‍यो । खेलको ५१औँ मिनेटमा गुन्डोगानले सिटीलाई २–१ को अग्रता दिलाए । 

उनले केभिन डी ब्रयनाको पासमा गोल गरेका थिए । सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ । यस सिजनमा सिटी तेस्रो उपाधितर्फ उन्मुख छ । युरोपियन च्याम्पियन्स लिगको फाइनलमा सिटीले १० जुनमा इन्टर मिलानको सामना गर्नेछ । इन्टर मिलानलाई हराउँदा सिटीको ट्रेबल उपाधि पूरा हुनेछ । सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले सर एलेक्स फर्गुसनको प्रशिक्षणमा टे«बल उपाधि हात पारेको थियो ।