१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २० शनिबार
  • Sunday, 11 May, 2025
२o८o जेठ २० शनिबार १८:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साइकल दिवसमा ‘अंकुरम साइकल च्याम्पियनसिप– २०८०’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २० शनिबार १८:o१:oo

भरतपुरमा पहिलोपटक ‘अंकुरम साइकल च्याम्पियनसिप– २०८०’ आयोजना गरिएको छ। अंकुरम एकेडेमी र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा २५ किलोमिटरमा खुला, महिला र अंकुरम एकेडेमीका अभिभावक गरेर तीन विधामा प्रतियोगिता भएको हो।

भरतपुर– ७ कृष्णपुरमा रहेको अंकुरम एकेडेमीबाट सुरु भएको साइकल रेस तेह्रसाल चोक, विशाल चोक, लालीगुँरास चोक, जयनेपाल चोक, तीनतले चोक, काँडाघारी चोक, बीसहजारी मार्ग, देवनगर, छितामाई हुँदै भरतपुर– १३ स्थित लेक ट्वान्टिथाउजेन्ट फार्म एन्ड रिट्रिक ‘हवेली’मा आएर समापन भएको थियो।

२५ किलोमिटर दूरी ४३ मिनेट ४० सेकेन्डमा पूरा गर्दै प्रतियोगिताको खुलातर्फको उपाधि प्रमित थापाले जिते। ४८ मिनेट ५ सेकेन्डमा रेस पूरा गर्दै रोनिस कर्मचार्य दोस्रो तथा ४८ मिनेट ७ सेकेन्डमा रेस पूरा गर्दै अर्जुन रिमाल तेस्रो भए।

अभिभावकतर्फ ५२ मिनेट २२ सेकेन्डमा रेस पूरा गरेका समर श्रेष्ठ पहिलो, ५४ मिनेट १२ सेकेन्डमा रेस पूरा गरेका प्रकाश पण्डित क्षेत्री दोस्रो र ५४ मिनेट ५३ सेकेन्डमा रेस पूरा गरेका विजय श्रेष्ठ तेस्रो भए।

५७ मिनेट ५५ सेकेन्डमा रेस पूरा गर्ने जुना श्रेष्ठ महिलातर्फ पहिलो भइन्। १ घण्टा २० मिनेट १६ सेकेन्ड रेस पूरा गर्दै अर्पना अधिकारी दोस्रो र १ घण्टा २२  मिनेट ८ सेकेन्डमा रेस पूरा गर्दै जमुना अर्याल तेस्रो भइन्। विजयीहरूलाई भरतपुर महानगरपलिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठले प्रमाणपत्र र ट्रफी हस्तान्तरण गरेका थिए।