Skip This
वैदेशिक सहायता अपेक्षाभन्दा कम
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १६:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वैदेशिक सहायता अपेक्षाभन्दा कम

‘आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता आएन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४५:oo

सरकारले आगामी आवका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान सार्वजनिक गरेको छ।

आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वेदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए। चालू आवमा वैदेशिक सहायतातर्फ २४ अर्ब ८१ करोड रुपैयाँ अनुदान र १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ ऋण आउने अनुमान गरिएको थियो।

दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारासहित ल्याइएको बजेटमा वैदेशिक अनुदानको ठूलो महत्व रहनेछ। तर, सरकारले चालू आवमा अनुमान गरिएकोभन्दा निकै कम मात्र वैदेशिक सहायता पाएको छ।