
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा स्वस्थ्य आलोचना आवश्यक रहेको बताएका छन्। प्रेस युनियनको ३२औँ स्थापना दिवसको अवसरमा थापागाउँमा आयोजित कार्यक्रममा देउवाले स्वस्थ आलोचना गर्न आग्रह गरेका हुन्।
‘आलोचना गर्नुस्, 'कांग्रेसलाई आलोचना चाहिन्छ। तर, स्वस्थ आलोचना गर्नुस्,’ उनले भने। फरक प्रसंगमा देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको प्रस्ट पारे।