
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीन विश्वकर्माले पाएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार सभापति देउवाले विश्वकर्मालाई संयोजक तोकेका हुन्।
विधानमा महाधिवेशनको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन गर्नुपर्ने व्यवस्था रहे पनि देउवाले ढिलो मात्र विभाग गठनको प्रक्रिया थालेका हुन् । विभागमा बढीमा ५१ सदस्य रहने व्यवस्था छ।