Skip This
मकवानपुरका सोहन र काभ्रेकी पेमा उत्कृष्ट बक्सर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार २o:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मकवानपुरका सोहन र काभ्रेकी पेमा उत्कृष्ट बक्सर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २o:२१:oo


मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको उत्कृष्ट बक्सर घोषित भएका छन् । 

हेटौँडास्थित कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता राईले उत्कृष्ट बक्सरको उपाधि जितेका हुन् । सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई हराएका थिए । 

महिलातर्फ भने काभ्रेकी पेमा लामा उत्कृष्ट घोषित भइन् । महिला ५७ केजीमा स्वर्ण विजेता जितेकी लामा उत्कृष्ट बक्सर भएकी हुन् । लामाले फाइनलमा चितवनकी नतिसा थापा मगरलाई हराएकी थिइन्।

प्रतियोगितामा काभ्रे ७ स्वर्ण, २ रजत र २ कास्यका साथ टिम च्याम्पियन बनेको छ । समान ३–३ स्वर्ण, रजत र कास्यसहित काठमाडौं दोस्रो हुँदा भक्तपुर ३ स्वर्णसहित तेस्रो भयो ।

पुरुष ४८ केजीमुनि काभ्रेका लक्ष्मण राईले स्वर्ण र लतिलतपुरका प्रकाश कठायतले रजत पदक जितेका छन् ।
यसैगरी, पुरुष ५१ केजीमुनि काभ्रेका लालप्रसाद उप्रेती र ५४ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले स्वर्ण जिते । फाइनलमा लालप्रसादले मकवानपुरका शशी विक र मदनले काभ्रेका सुलभ डंगोललाई हराएका हुन् । 

५७ केजीमा नुवाकोटका निरन्जन मोक्तानले फाइनलमा ललितपुरका रोशन आछामीलाई हराउँदै स्वर्ण जिते । 
६० केजी तौल समूहमा ललितपुरका सागर दर्जी र ६७ केजीमा ललितपुरकै विकास रानामगरले मकवानपुरका अनिष मुलामीलाई अंकका आधार हराउँदै स्वर्ण जितेका थिए । पुरुषको ६७ केजी तौल समूहमा सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई हराउँदै स्वर्ण जिते । 

७५ केजीमा काठमाडौंका अश्विनधीरण श्रेष्ठले फाइनलमा नुवाकोटका आशिष पुडासैनी र ८० केजीमा सिन्धुपाल्चोकका निश्चल विष्टले सबिन महतलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे । ८६ केजी तौल समूहमा भक्तपुरका विजय बाटाले काठमाडौंका आयुष अधिकारीलाई हराउँदै स्वर्ण जिते । 

९२ केजीमाथि तौलमा काठमाडौंका सन्जोक गुरुङले पहिलो राउन्डमा नै काठमाडौंका शुभम् पाठकलाई हराउँदै स्वर्ण जिते । महिलातर्फ ४८ केजीमा सिन्धुलीका रमिसा श्रेष्ठले फाइनलमा काभ्रेका पूर्णिमा तामाङ र ५० केजीमाथि भक्तपुरकी अस्मिता दुवालले काठमाडौंकी उर्वशी श्रेष्ठलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे । 

महिलाकै ५२ केजीमा भक्तपुरकी भावना भण्डारीलाई र ५४ केजीमा काभ्रेकी एलिना गर्बुजालाई हराउँदै स्वर्ण जिते । ६० केजीमा नुवाकोटकी रक्षा जिसीले फाइनलमा चितवनकी जस्मिन गुरुङलाई पहिलो राउन्डमा नै हराउँदै स्वर्णमा नाम लेखाइन् । 

६३ केजीमा काभ्रेकी जिबिका थापा र ६६ केजीमा काभ्रेकै प्रतिसा राईले स्वर्ण पदक प्राप्त गरे । फाइनलमा जिबिकाले काठमाडौंकी सन्जना पुजारी र प्रतिसाले चितवनका तृष्णा गुरुङलाई हराइन् । महिलाकै ७५ केजीमा काभ्रेकी शीला महर्जनले फाइनलमा चितवनकी तनिसा महर्जनलाई हराउँदै स्वर्ण पदक प्राप्त गरिन् ।

जुडोमा ललितपुर टिम च्याम्पियन

दोस्राे बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ । यस्तै, प्रतियोगिताको पुरुषतर्फ काभ्रेका प्रवीणकुमार दियाली र महिलातर्फ नुवाकोटकी अन्जु पाण्डे उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

काठमाडौंको खुसिबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । यस्तै, काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्यसहित दोस्रो भएको छ भने २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट तेस्राे भएको छ ।

पुरुष र महिलामा समान ७–७ गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मकवानपुरले २ तथा रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंले १–१ स्वर्ण जितेका छन् । 

प्रतियोगिताको अन्तिम दिन महिला ७० केजीमा रामेछापकी रन्जना खड्का, ७८ केजीमुनि मकवानपुरकी एलिसा गोले र ७८ केजीमाथि मकवानपुरकी अस्मिता गोलेले स्वर्ण जितिन् । 

पुरुषको ८१ केजीमुनि काभ्रेका मनोज आचार्य, ९० केजीमुनि नुवाकोटका रामभक्त तामाङ, १०० केजीमुनि काभ्रेका आकाश आलेमगर र १०० केजीमाथि काठमाडौंका वशिष्ठ महर्जन शीर्ष स्थानमा रहे । दुईदिने प्रतियोगितामा ९ जिल्लाका ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

ad
ad