१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका मकवानपुर
Invalid date format १६:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी अधिकारी हेटौँडामा पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

नयाँ पत्रिकाकर्मी पोष्टराज अधिकारी चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका छन्। चलचित्र पत्रकार संघ नेपालको २४औँ स्थापना दिवसको अवसरमा संघको मकवानपुर शाखाले शनिबार हेटौंडामा पत्रकार अधिकारीलाई पुरस्कृत गरेको हो।

मोफसलमा रहेर दुई दशकदेखि पत्रकारिता गरिरहेका अधिकारीले चलचित्र पत्रकारिता क्षेत्रमा समेत पु¥याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको संघको मकवानपुर शाखाका अध्यक्ष कपिल खड्काले जानकारी दिए। अधिकारीलाई नगद पाँच हजार राशीसहित सम्मानपत्र प्रदान गरिएको थियो। उनी चलचित्र पत्रकार संघ मकवानपुर शाखाका संस्थापक अध्यक्षसमेत हुन्।

अधिकारीसँगै अर्का पत्रकार राजन घिमिरे र कलाकार सुलेमान शंकर ‘इकु’लाई पनि शाखाले पुरस्कृत गरेको छ। तीन दशकदेखि चलचित्र पत्रकारिता गर्दै आएका घिमिरेलाई १० हजार राशीसहित राष्ट्रिय चलचित्र पत्रकार पुरस्कार प्रदान गरिएको हो। उनी संघको केन्द्रीय संस्थापक सदस्यसमेत हुन्।

यसैगरी शाखाले चलचित्र कलाकर्मी सम्मान–२०८० बाट सुलेमान शंकरलाई सम्मान गरेको हो। उनलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएकोे थियो। मकवानपुरमा जन्मिएर टेलिचलचित्रबाट कलाकारिता सुरु गरेका उनी राष्ट्रियस्तरको कलाकारितामा सक्रिय छन्। चलचित्र निर्माणमा समेत सक्रिय सुलेमान शंकरलाई दर्शकले ईकु नामले चिन्ने गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि हेटौडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समिर बलामीलगायतले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।