१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाका लागि सांसद विकास कोष छुट्याइए हामीलाई नछुट्याइयोस्

प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सभाका सदस्यहरूले भने-

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२८:oo

राष्ट्रिय सभाका सदस्यहरूले सांसद विकास कोषमा प्रतिनिधिसभाका सदस्यहरूका लागि रकम विनियोजन गरिए आफूहरूलाई नछुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

आज साँझ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उनीहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् । 

सांसद विकास कोषको नाममा रकम छुट्याउन नहुनेमा राष्ट्रिय सभा एकमत रहेको भन्दै उनीहरूले प्रतिनिधिसभाका सांसदहरूका लागि रकम छुट्याइए आफूहरूलाई पनि नछुटाउन ध्यानाकर्षण गराएका हुन् ।

आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको काम चलिरहेकाले राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 

भेटमा कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनको समान हैसियत भएकाले संसद् विकास कोष नराख्नुपर्ने अडानमा राष्ट्रिय सभा एकमत रहेको बताइन् । तर, बजेटमा राख्ने हो भने राष्ट्रिय सभा सदस्यलाई पनि सांसद विकास कोषको बजेट व्यवस्था हुनुपर्ने धारणा उनले व्यक्त गरिन् ।

एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले पनि त्यस्तै धारणा राखेका थिए । ‘मुलुकको वर्तमान अर्थसंकटका कारण सांसद विकास कोष राख्न हुँदैन भन्ने कुरामा राष्ट्रिय सभा एकमत रहेको छ,’ उनले भने, ‘प्रतिनिधिसभाका सांसदहरूको  दबाबका भरमा रकम विनियोजन गर्ने हो भने राष्ट्रिय सभाका सदस्यलाई विभेद नगर्न ध्यानाकर्षण गराउँदछु ।’

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सांसद विकास कोष राख्ने पक्षमा नरहेको बताएका थिए । राख्नैपर्ने अवस्था आए दुवै सदनलाई विभेद हुन नदिने उनको भनाइ थियो ।