१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख २४ सोमबार १६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अविरल वर्षासँगै आएको असिनापानीले गहुँ बाली नष्ट

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:२३:oo

बुधबार विभिन्न स्थानमा अविरल वर्षासँगै आएको असिनापानीका कारण बाजुराका गहुँ, स्याउ, सुन्तलालगायतका बाली नष्ट भएको छ। अन्न तथा फलफूल बाली नष्ट भएपछि कृषक चिन्तित बनेका छन्।

असिनापानीले  त्रिवेणी, बुढीगंगा,  खप्तड र छेडेदह गाउँपालिकामा गहुँ बालीसँगै अन्य नगदे बाली ठूलो मात्रामा नष्ट भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। वर्षभरि मिहिनेत गरेर  लगाएको खेती भित्र्याउने वेलामा असिनापानीले नष्ट गरेको भन्दै बुढीगंगा– ४ का कृषक कृष्ण खातीले चिन्ता व्यक्त गरे। 

कृषकलाई राहत प्रदान गर्न प्रारम्भिक चरणमा क्षतिको विवरण संकलनका लागि सम्बन्धित वडामा नाम टिपाउन कृषि ज्ञान केन्द्रका प्रमुख हरि पनेरूले किसानलाई आग्रह गरेका छन्।
 

ad
ad