१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३ बुधबार
  • Friday, 09 May, 2025
२o८o जेठ ३ बुधबार १८:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असिनापानीसहित भारी वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ३ बुधबार १८:५३:oo

बागमती प्रदेशको राजधानी हेटौँडा र यसको आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ। हावाहुरीसहित आएको असिनापानीले विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ।

हावाहुरी र चट्याङसमेत आएकाले जनजीवन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारीअनुसार हेटौँडा उपमहानगरपालिका– १३ सिक्रेनीस्थित भित्री सडकखण्डमा बिजुलीको पोल ढलेर बाटो अवरुद्ध भएको छ।

हावाहुरीका कारण हेटौँडा बजारबाट पदमपोखरी सिक्रेनीतर्फ जाने बाटोमा बिजुलीका तीनवटा पोल ढलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

यस्तै, मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर १ सुपारेटारस्थित हेटौँडा भैँसे सडक खण्डमा रुख ढल्दा बाटो अवरुद्ध भएको छ। नेपाल आर्मी र नेपाल प्रहरीको संयुक्त टोलीले ढलेको रुख हटाएर अवरुद्ध बाटो खोल्ने प्रयास गरिरहेको प्रवक्ता कार्कीले बताए।