१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०८० जेठ २ मंगलबार २०:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा असिनापानी

Read Time : < 1 मिनेट
२०८० जेठ २ मंगलबार २०:३९:००

चितवनमा भारी असिनापानी वर्षा भएको छ। हावाहुरी र चट्याङसहित परिरहेको पानीले जनजीवन प्रभावित भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

महाशाखाले कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन- चट्याङसहित क्षणिक वा हल्का वर्षा-हावाहुरीको समेत सम्भावना भएकाले त्यसबाट हुन सक्ने क्षति-जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।