१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २९ शुक्रबार १०:५३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

निजी आवास पुनर्निर्माण र प्रबलीकरणको म्याद असार मसान्तसम्म थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २९ शुक्रबार १०:५३:००

भूकम्पले भत्काएका निजी आवास पुनर्निर्माण र प्रबलीकरणका लागि समय थपिएको छ । भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार आगामी असार मसान्तसम्मका लागि समय थप गरिएको हो ।

इकाइका अनुसार काठमाडौंमा रहेका भूमिहीन तथा भूकम्पबाट विस्थापित लाभग्राहीको हकमा जग्गा व्यवस्थापन भइसकेको लाभग्राहीको आवास निर्माण र पुनरावेदन समितिबाट ९ पुससम्म कायम भएका लाभग्राहीको निजी आवास पुनर्निर्माण र प्रबलीकरण गर्ने समय असार मसान्तसम्म थपिएको हो ।

इकाइको २४ वैशाखको पत्रअनुसार आवास पुनर्निर्माण तथा प्रबलीकरण सम्पन्न गरी असार मसान्तसम्म विभागअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना बबरमहलमा भुक्तानीका लागि निवेदन गर्न आग्रहसमेत गरेको छ ।  

९ पुस ०७८ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विघटनपछि निजी आवास, सरकारी भवन तथा अस्पताल सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय योजना कार्यान्वयन एकाइले गर्दै आएको छ । इकाइको तथ्यांकअनुसार भूकम्पबाट विस्थापित घर–परिवारमध्ये आठ लाख ३२ हजार पाँच सय ८२ लाभग्राहीसँग आवास निर्माणका लागि अनुदान सम्झौता भएको थियो । त्यसमध्ये सात लाख ३३ हजार दुई सय १४ लाभग्राहीले मात्रै सम्झौताअनुसार निजी आवास निर्माण सकेका छन् । ९९ हजार दुई सय ५६ लाभग्राहीले भूकम्पमा ध्वस्त भवन निर्माण गर्नै सकेनन् ।