
सनराइज बैंकले अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ।
सनराइज बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ।
यसै क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको हो।
सनराइज बैंक तथा अरोगिन हेल्थकेयरबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले यस बैंकको क्रेडिट, डेबिट कार्ड, क्युआर वा मोबाइल बैंकिङमार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरूमा ४५ प्रतिशतसम्मको छुट पाउन सक्ने जनाइएको छ।
सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरो छन्।