राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी प्रकरण दबाउन खोजे जनआक्रोशको आँधीबेहरी आउने चेतावनी दिएका छन् ।
मानव तस्करी, संगठित अपराध र ठगीजस्ता जघन्य अपराधको प्रहरीले छानबिन गरिरहेको अवस्थामा छानबिन प्रभावित गर्ने गरी प्रमुख दलहरूका शीर्ष नेताहरूको बैठक, तालमेल र गतिविधि देखिनु आपत्तिजनक भएको थापाले दाबी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै थापाले भनेका छन्, ‘यो काण्ड दबाउने काम गरियो भने जनआक्रोशको आँधीबेहरी कसैले रोक्न सक्दैन ।’