
कांग्रेससमर्थित विद्यार्थीको संगठन नेपाल विद्यार्थी संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ ।
अध्यक्ष दुजाङ शेर्पाले आज विज्ञप्ति जारी गरी यस प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई टुंगोमा पुर्याउन सरकारसँग माग गरेको हो ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेससहितको सरकारले अघि बढाएको अनुसन्धान प्रक्रियाले आशाको सञ्चार गरेको छ । अनुसन्धानमा सघाउनु सबैको कर्तव्य हो । कुनै पनि दबाब र प्रभावमा अनुसन्धान प्रभावित हुनुहुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धान टुंगोमा पुग्नैपर्छ । कोही कसैले वा कहीँ कतैबाट प्रभावित गर्ने काम नहोस् ।’
नेविसंघले यस प्रकरणमा संलग्न जोकोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम कतैबाट नहोस् भन्दै खबरदारीसमेत गरेको छ ।