राष्ट्रिय प्रसारणमा थपियो ७० मेगावाट विद्युत्

२०७६ बैशाख २ सोमबार ०९:३४:०० | काठमाडौं

वर्ष ०७५ मा ११ आयोजनाबाट ७०।१६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । साना, मझौला तथा लघु आयोजनाहरूबाट राष्ट्रिय प्रसारण लाइनमा सो परिमाणको विद्युत् जोडिएको हो । त्यसमध्ये दुई सौर्य विद्युत् आयोजनाबाट १।९२ मेगावाट विद्युत् छ । तर, ०७५ भित्रै राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य राखेको कुलेखानी तेस्रोको १४ मेगावाट भने ग्रिडमा जोडिएन  । 

०७५ मा राष्ट्रिय प्रसारण लाइनमा जोडिएकामध्ये बागमती आयोजनाबाट उत्पादित २२ मेगावाट सबैभन्दा बढी हो । ‘आयोजनाहरू ढिलो भइरहेको अवस्थामा बागमती सानोले समयअघि नै उत्पादन सुरु गरेर राम्रो उदाहरण प्रस्तुत गरेको छ,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने । योसहित निजी र सरकारी क्षेत्रले निर्माण गरिरहेका १९ आयोजनाका २ सय ६५ मेगावाट विद्युत् भने यसै आर्थिक वर्ष ९असार मसान्त०भित्र राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य सरकारको छ । 

निर्माणमा रहेका आयोजनाहरू लक्षित समयमै पूरा भए १६ महिनाभित्र राष्ट्रिय प्रसारणमा १ हजार २ सय ७१ मेगावाट विद्युत् जडित क्षमता थप हुने ऊर्जा मन्त्रालयको दाबी छ । हाल नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा कुल जडित क्षमता करिब १ हजार १ सय २० मेगावाट पुगेको छ । आयात कम हुँदै 

नदी प्रवाह (रन अफ रिभर)मा आधारित विद्युत् आयोजनाको बाहुल्यता हुँदा हिउँदमा प्राधिकरणले ५ सय ५० मेगावाटभन्दा बढी विद्युत् भारतबाट आयात गर्दै आएको थियो । तर, बिस्तारै आयात कम हुँदै गएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘लिए पनि, नलिए पनि भुक्तान गर्नुपर्ने गरी ‘टेक अर पे’ प्रावधानअन्तर्गत विद्युत् खरिद सम्झौता गरिएकाले ढल्केबर–मुजफ्फरपुरबाट २ सय ४० मेगावाट र टनकपुर सबस्टेसनमा भित्रिने ३० मेगावाट गरी २ सय ७० मेगावाट लिनैपर्ने भएकाले लिइरहेका छौँ,’ अधिकारीले भने, ‘तर, बिहारबाट हुँदै आएको आयात विस्थापन भइसकेको छ ।’ 

हाल तापक्रम वृद्धि भएसँगै हिउँ पग्लिन थालेकाले नदीमा पानीको प्रवाह बढ्दा विद्युत् उत्पादनसमेत बढ्दै गएको उनले बताए । ‘रातको चार–पाँच घन्टा उपलब्ध विद्युत् खपत नहुने अवस्था आइसकेको छ,’ उनले भने । रातमा खपत नहुने विद्युत् प्राधिकरणले भारतलाई बेचेर ०७४ चैतदेखि ०७५ मंसिरसम्म (८ महिना)मा १६ करोड ७६ लाख रुपैयाँको आर्जन गरेको थियो । यसरी बढी हुने विद्युत् प्राधिकरणले भारतलाई बिक्री गर्दै आएको छ ।

०७५ मा राष्ट्रिय प्रसारणमा जोडिएका ११ आयोजना 
१. बागमती सानो जलविद्युत् आयोजना २२ मेगावाट
२. मद्क्यु खोला १३ मेगावाट 
३. रुदी खोला ए ८.८ मेगावाट 
४. माई साना क्यास्केड ८ मेगावाट 
५. सुपर माई हाइड्रोपावर– ७.८ मेगावाट 
६. मोलुंग खोला ७ मेगावाट 
७. ठेउले खोला १.५ मेगावाट 
८. विष्णुप्रिया सोलार फारम आयोजना ०.९६  मेगावाट 
९. सिंहदरबार परिसर सौर्य ऊर्जा ०.९६ मेगावाट 
१०. सोबुवा खोला २ –०.९०  मेगावाट 
११. लेगुवा खोला  ०.०४ मेगावाट 
जम्मा ७०.१६ (मेगावाट) 
स्रोतः ऊर्जा मन्त्रालय÷विद्युत् विकास विभाग

 

 

प्रतिकृया दिनुहोस