१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिभुवन विमानस्थलमा अवरुद्ध हवाई सेवा सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:११:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरुद्ध हवाई सेवा सञ्चालन भएको छ। विमानस्थलको कम्युनिकेसन फ्रिक्वेन्सीमा समस्या आएपछि दिउँसो २ः३० देखि ३ः२० सम्म उडानमा समस्या आएको थियो।

जहाजसँग कम्युनिकेसन गर्ने प्रविधिमा नै समस्या आएपछि उपत्यकाबाहिरबाट आएका उडानलाई समेत डाइभर्ट गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार अहिले समस्या समाधान भइसकेको छ।

एटिसी टावर र पाइलटबीच हुने मुख्य माध्यम ‘कम्युनिकेसन फ्रिक्वेन्सी’मा समस्या आएपछि उडान र अवतरण अवरुद्ध भएको थियो। वातावरणीय समस्याका कारण फ्रिक्वेन्सीमा समस्या आएको हुन सक्ने प्रवक्ता सिटौलाको अनुमान छ।

उनका अनुसार ३ः२० यता उडान र अवतरण सञ्चालन भएको छ। ‘अहिले उडान सञ्चालन भइसकेको छ,’ उनले भने, ‘प्रदूषण र अन्य मौसमी समस्याका कारण फ्रिक्वेन्सीमा समस्या आएको हुन सक्ने अनुमान छ।’