१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० बैशाख १० आइतबार ०७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवनका मतदाता बिहानैदेखि मतदान केन्द्रमा

Read Time : < 1 मिनेट
२०८० बैशाख १० आइतबार ०७:५५:००

चितवनमा क्षेत्र नम्बर २ मा पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । कहीँ–कतै अप्रिय घटना भएका छैनन् । मतदाता भोट हाल्न बिहानै मतदान स्थलमा आइपुगेका छन् । दिउँसो अत्यधिक गर्मी हुने हुने भएकाले बिहानै मतदान केन्द्र मतदाताको भिड लागेको छ । 

यस क्षेत्रमा दुई महिलासहित २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार १० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँ एक लाख २४ हजार ६ सय ९५ मतदाता छन् । तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एकजना तेस्रोलिंगी रहेका छन् । 

यहाँ मतदानस्थल ४३ र मतदान केन्द्र एक सय ३८ वटा तोकिएको छ । यसमध्ये १३ मतदानस्थल अतिसंवेदनशील छन् । आज निर्वाचनको दिन अत्यावश्यकबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४ मंसिरमा भएको निर्वाचनमा निर्वाचित भए पनि उनको नागरिकता अवैध भएको भन्दै सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेको थियो । त्यही भएर यहाँ उपनिर्वाचन हुन लागेको हो ।

मतगणना चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा

उपनिर्वाचनको मतगणनास्थल चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । यसअघि पनि भरतपुर १० मा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना भएको थियो । मतगणनास्थलको सुरक्षालगायत अन्य काम  भएका छन् । जहाँ सिसिटिभी क्यामराको जडान र तारजालीको समेत व्यवस्था गरिएको छ।