१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २१ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २१ मंगलबार १६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिक्टा सिँचाइ आयोजनामा विशेषको फैसलाविरूद्ध सर्वोच्च गयो अख्तियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २१ मंगलबार १६:५६:oo

सिक्टा सिँचाइ आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको छ। 

करिब सवा दुई अर्ब बिगोको उक्त भ्रष्टाचार मुद्दामा विशेषले सबैलाई सफाइ दिँदै नहर भत्कनुमा निर्माणस्थलको माटो घुलनशील हुनुलाई प्रमुख कारण ठहर गरेको थियो। सो फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग मंगलबार सर्वोच्च गएको हो।

सिक्टा सिँचाइ नहर निर्माणमा अनियमितता भएको भन्दै २१ मंसिर ०७५ मा अख्तियारले मुद्दा दायर गरेको थियो। जसमा १६ जना सरकारी अधिकारीलाई दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय माग गरी मुद्दा दायर भएको थियो। तर, विशेष अदालतले भने कमी–कमजोरी भए पनि त्यसमा कर्मचारी र ठेकेदारको बदनियत नभएको फैसला सुनाएको थियो।