१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २० सोमबार
  • Sunday, 20 April, 2025
२o७९ चैत २० सोमबार १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीयता सुदृढीकरणका लागि मन्त्री मोदीले थाले स्थानीय तहसँग अन्तर्क्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २० सोमबार १७:५३:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयता सुदृढीकरणका लागि स्थानीय तहसँग अन्तर्क्रिया थालेका छन् ।

मन्त्रालयअन्तर्गतको प्रदेश तथा स्थानीय शासन कार्यक्रममार्फत मन्त्री मोदीले संघीयताको सुदृढीकरणको सन्दर्भमा सरोकारवालासँग अन्तर्क्रिया थालेका हुन्। सोमबार मोरङको कटहरी गाउँपालिकामा मन्त्री मोदीको उपस्थितिमा संघीयताको प्रभावकारी कार्यान्वयन र सुदृढीकरणसँगै अन्तर सरकारी समन्वयलगायतका विषयमा छलफल भएको हो।

प्रदेश तथा स्थानीय तहका लागि संघीय सरकारले गर्नुपर्ने समन्वय र सहकार्यका विषयमा पनि अन्तर्क्रियामा छलफल भएको थियो। अन्तर्क्रियालाई सम्बोधन गर्दै मन्त्री मोदीले संघीयताको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए। स्थानीय तहलाई नीति निर्माणको सवालमा आफूहरूले समन्वय र सहकार्य गर्ने बताउँदै मन्त्री मोदीले भने, ‘स्थानीय तहले अब कसरी आत्मनिर्भर र बलियो बन्ने भन्नेतिर ध्यान दिन आवश्यक छ।’

उनले अरूको मुख ताकेर मात्रै सबल बन्न नसक्ने भएकाले स्थानीय तहले अब आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याउनुपर्ने बताए। स्थानीय तहले सुशासनको क्षेत्रमा गरिरहेको कामको सन्दर्भमा अनुभव आदानप्रदान गर्न आवश्यक रहेको मन्त्री मोदीको भनाइ थियो।

स्थानीय तहमा देखिएको विकृति र विसंगति हटाएर जनताको समस्या समाधानमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।

अन्तर्क्रियामा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी, वडाध्यक्ष एवं कार्यपालिका सदस्य, प्रदेश तथा स्थानीय शासन कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटालगायत उपस्थित थिए।