Skip This
संक्रमणकालीन न्यायको विषयमा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १९ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १९ आइतबार १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संक्रमणकालीन न्यायको विषयमा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १९ आइतबार १४:४६:oo

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि हुन नदिन सरकार दृढ रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकार गम्भीर रहेको बताए। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर सो समस्या समाधान गर्ने सरकारको योजना रहेको मन्त्री श्रेष्ठको भनाइ छ।

शान्ति प्रक्रियाको राजनीतिक र प्राविधिक कार्यभार पूरा गरेको उल्लेख गर्दै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार बाँकी रहेको प्रस्ट पारे।

‘तेस्रो एउटा कार्यभार पूरा गर्न बाँकी छ। संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर यो संक्रमणकालीन न्यायको कामलाई पनि पूरा गर्नुछ। तब मात्रै शान्ति प्रक्रिया समग्रमा सम्पन्न भएको स्थितिमा हामी पुग्न सक्छौँ। यो कुरामा पनि सरकार गम्भीर छ,’ उनले भने।