Skip This
लाओसलाई हराउँदै नेपाल च्याम्पियन 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १८ शनिबार
  • Tuesday, 13 May, 2025
थ्री नेसन्स कपको उपाधिका साथ च्याम्पियन नेपाली खेलाडी । तस्बिर : संजित परियार/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o७९ चैत १८ शनिबार o७:१२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लाओसलाई हराउँदै नेपाल च्याम्पियन 

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १८ शनिबार o७:१२:oo
  • एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै नेपालले लाओसलाई २–१ ले हराउँदै थ्री नेसन्स कपको उपाधि उचाल्यो
  • खेलको ८७औँ मिनेटमा मनीष डाँगीले लाओसका गोलरक्षकलाई छेक्न अवसर  नै नदिई विजयी गोल गरे 

नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दशरथ रंगशालामा नेपालले शुक्रबार लाओसलाई २–१ ले हराउँदै च्याम्पियन ट्रफी उचालेको हो । नेपालले पाँच हजार अमेरिकी डलर र उपविजेता लाओसले तीन हजार डलर पाएका छन् ।

च्याम्पियन टोली र उत्कृष्ट खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एक समारोहबीच पुरस्कृत गरेका छन् । नेपालको जितमा आयुष घलान र मनीष डाँगीले एक– एक गोल गरे । लाओसका लागि साङभिलेले नेपालविरुद्ध अग्रता गोल गरेका थिए ।

भुटान सम्मिलित सिंगल राउन्ड रोबिन आधारमा भएको प्रतियोगितामा आयोजक नेपाल शीर्ष र लाओस उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । यसअघि नेपालले सन् २०२१ मार्चमा भएको थ्री नेसन्स कपको उपाधि जितेको थियो । नेपालले फाइनलमा बंगलादेशलाई २–१ ले हराएको थियो । बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपालसँगै बंगलादेश र कीर्गिस्तानको यू–२३ टोलीको सहभागिता थियो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा वरीयतामुनि रहेका राष्ट्रहरूलाई थ्री नेसन्स कपमा सहभागी गराएको भनी आलोचनाको सामना गर्नुपरेको थियो । यद्यपि, फाइनलमा लाओस र नेपालले उत्कृष्ट र सुन्दर खेल पस्किएका थिए । आयुषले नेपालले बराबरी गोल फर्काउनुअघिसम्म लाओसले नेपालविरुद्ध आक्रामक खेल प्रस्तुत गर्‍यो । नेपालले लाओसको पोस्टमा गोल गरेपछि खेल पकडमा राख्यो । पहिलो हाफमा आयुषको फितलो प्रहार पोलमा लागेको थियो । फाइनलमा विजयी गोल गरेको विंगल आयुष प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने । फाइनलमा गोल गरेका आयुषले पाँच सय अमेरिकी डलर जिते । 

मनीषको विजयी गोल
नौ हजार एक सय ६५ घरेलु समर्थकलाई खुसी दिलाउने क्रममा फाइनलकै म्यान अफ दी म्याच मनीषले खेलको ८७औँ मिनेटमा विजयी गोल गरेका थिए । मनीषले अञ्जन विष्टले उपलब्ध गराउको डिबक्सभित्र उत्कृष्ट गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । मनीषले दायाँ खुट्टाले माथिल्लो बारमा गोल गरेका थिए । उनको गोलसँगै दर्शकले खुसी मनाए ।

उपाधि भिडन्तमा लाओसले नेपालविरुद्ध पहिलो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेलको १७औँ मिनेटमा साङभिलेले अप्रत्याशित रूपमा लाओसलाई १–० को अग्रता दिलाउँदा घरेलु दर्शक स्तब्ध बने । बाउनफाचन बाउनकोङले बक्सबाहिरबाट मिलाएको सुन्दर पासलाई साङभिलेले वान टचमै गोल गरेका हुन् । साङभिलेको प्रहारलाई कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूले छेक्न सकेनन् । लाओसको अग्रता सात मिनेट पनि टिकेन । खेलको २४औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । एरिक विष्टको पासलाई सदुपयोग गर्दै अनमार्क रहेका आयुषले १–१ को बराबरी गोल गरे ।