मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत १६ बिहीबार २१:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बोलेरो दुर्घटना हुँदा ६ जना घाइते, एक गम्भीर

Read Time : < 1 मिनेट
२०७९ चैत १६ बिहीबार २१:२७:००

मकवानपुरको राक्सिराङ गाउँपालिकामा बिहीबार बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

चैनपुरबाट राक्सिराङको बंकिङ चौतारातर्फ जाँदै गरेको ना. ४ च ४२७३ नम्बरको राक्सिराङ– ५ चौतारास्थित भित्री सडकखण्डमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

चालकसहित आठजना यात्रु र सामान बोकेको बोलेरो अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीका अनुसार बोलेरोमा सवारमध्ये राक्सिराङ गाउँपालिका–४ का ४० वर्षीय सन्चलाल घलानको अवस्था गम्भीर रहेको छ । 
सोही स्थानका १२ वर्षीय बिक्रम घलान, २१ वर्षीय सानुमाया घलान, अन्दाजी १६ वर्षकी सुनिता घलान, संगीता थिङको ३ महिने सन्तान र २४ वर्षीय सुकलाल गोम्बा घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल रिफर गरिएको छ ।