Skip This
बिपिडब्लू लघुवित्तको सेयर रजिस्ट्रारमा मेगा क्यापिटल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १६ बिहीबार o६:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिपिडब्लू लघुवित्तको सेयर रजिस्ट्रारमा मेगा क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार o६:३१:oo

बिपिडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । सम्झौतामा बिपिडब्लू लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दिलीपकुमार पोखरेल र मेगा क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

हस्ताक्षर कार्यक्रममा मेगा क्यापिटलका मार्केटिङ डिपार्टमेन्ट हेड गिरीराज पोखरेल र मर्चेन्ट बैकिङ इन्चार्ज मनीषा दाहालको समेत उपस्थिति रहेको जनाइएको छ ।

सम्झौतासँगै बिपिडब्लूको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिला खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरूको लागत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण काम मेगा क्यापिटल मार्केट्समार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।