Skip This
बन्दीपुर केबलकारको सेयर निष्कासकमा नेपाल एसबिआई
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १६ बिहीबार o७:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बन्दीपुर केबलकारको सेयर निष्कासकमा नेपाल एसबिआई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार o७:२१:oo

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँदरका २५ लाख, ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेन्ट बैकिङ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो । 

नियुक्तिसम्बन्धी सम्झौतामा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकारका अध्यक्ष रामचन्द्र शर्माले हस्ताक्षर गरेको जनाइएको छ । नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।