Skip This
३६ नयाँ औषधि दर्ता गर्दै औषधि विभाग 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १५ बुधबार o८:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

३६ नयाँ औषधि दर्ता गर्दै औषधि विभाग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार o८:३५:oo

औषधि व्यवस्था विभागले ३६ वटा नयाँ औषधि दर्ता प्रक्रिया अघि बढाएको छ । विभागले दर्ता गर्न लागिएका नयाँ औषधिको सूची सार्वजनिक पनि गरेको छ । गत १२ पुसमा बसेको औषधि सल्लाहकार समितिको ५४औँ बैठकले नयाँ औषधि तथा समिश्रण अनुमोदन गरी विधि र प्रक्रिया पूरा गरी दर्ता गर्न विभागलाई परामर्श दिएको थियो । त्यसपछि नयाँ दर्ताको प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक भरत भट्टराईले बताए । 

विभागमा दर्ता भएपश्चात् स्वदेशी उत्पादन कम्पनीले उत्पादन गर्न पाउने र बाहिरबाट आयात गर्न सकिने भएकाले नयाँ औषधि दर्ताको प्रक्रिया अगाडि बढाइएको उनले बताएका हुन् । दर्ता हुन लागेका नयाँ औषधिमध्ये एडिएचडीका लागि प्रयोगमा ल्याइने एटमाक्सोटिन, साइनसका लागि प्रयोगमा आउने फ्लुटिकसोन प्रोपिएनेट, श्वासप्रश्वासको समस्याको उपचारका लागि प्रयोगमा ल्याइने ग्लाइकोपोरोनियम, नन्अल्कोहोलिक फ्याटी लिभरको उपचारका लागि स्यारोग्टिजारलगायतका ३६ थरी नयाँ औषधि छन् ।