मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १३ सोमबार ११:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफले ल्यायो दुईवटा फाइदा रहेको एउटै बिमा योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १३ सोमबार ११:०३:००

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षा, बचत र पेन्सनसहितको नयाँ बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा’ योजना कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले सार्वजनिक गरेका हुन् । 

आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्नुनपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आफू आर्थिक रूपमा कसैको भर पर्नुनपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई सम्मान गर्दै एकै बिमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने योजना ल्याएको कम्पनीले जनाएको छ । यो योजना ‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ ल्याएको जनाइएको छ । 

यसमा एउटै बिमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । यसमा सावधिक अग्रिम भुक्तानी तथा मुनाफामा सरिक हुने आजीवन बिमा योजना रहेको जनाइएको छ । १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मकाले गर्न मिल्ने यो योजनाको न्यूनतम बिमा शुल्क भुक्तानी अवधि पाँच वर्षदेखि अधिकतम ३५ वर्र्षसम्म हुने जनाइएको छ । योजनाको न्यूनतम बिमांक रकम २५ हजार रुपैयाँ तथा अधिकतम बिमांक रकम आयस्रोतका आधारमा निर्धारण गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । 

योजनाले न्यून बिमा शुल्कमा बचत र सुरक्षा एकैसाथ प्रदान गर्ने कम्पनीको दाबी छ । जोखिम वहनको अतिरिक्त बिमितलाई बिमालेख अवधिभर बचत गर्न प्रोत्साहन गर्नुका साथै अवकाशपछिको आर्थिक आवश्यकतालाई समेत समेट्ने कम्पनीले जनाएको छ । योजनामा दुईवटा विकल्प प्रदान गरिएको कम्पनीको भनाइ छ । 

जसअनुसार पहिलो विकल्पमा बिमालेख परिपक्व भएमा बिमा अवधि समाप्तिमा बिमांक रकम र आर्जित बोनस एकमुष्ट दिइने तथा दोस्रो विकल्पमा बिमा भुक्तानी अवधि समाप्तिमा बिमालेखमा उल्लेख भएको बिमांक रकम दिइने तथा भुक्तानी अवधि समाप्तिपछि प्रत्येक वर्ष बिमांकको ५ प्रतिशत रकम बिमितको उमेर ७९ वर्ष नपुगुन्जेलसम्म बिमितलाई प्रदान गर्ने कम्पनीले जनाएको छ । बिमित ८० वर्ष पूरा भएपछि बिमा शुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस बिमितलाई प्रदान गरिने उल्लेख छ । 

बिमालेख चालू रही बिमा भुक्तानी अवधिभित्र बिमालेखअन्तर्गत नपर्ने जोखिमबाहेक जुनसुकै कारणबाट बिमितको मृत्यु भएमा विकल्प–१ अन्तर्गत बिमांक रकम र आर्जित बोनस एकमुष्ट दिइने जनाइएको छ । त्यस्तै, विकल्प–२ अन्तर्गत बिमितको मृत्यु भएमा बिमांक रकम र आर्जित बोनस एकमुष्ट दिनुका साथै भुक्तानी अवधि समाप्तिपछि मृत्यु भएमा बिमांकको ५० प्रतिशत रकम र बिमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइने कम्पनीको भनाइ छ ।