मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १० शुक्रबार १८:२३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक थिएन : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १० शुक्रबार १८:२३:००

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन् ।

शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको विचार गोष्ठीमा उनले यस्तो धारणा राखेका हुन् । उनले यी दुई विमानस्थलमा अर्बौँ रुपैयाँ लगानी भए पनि प्रतिफल नआएको बताए । सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने उनको भनाइ छ ।

‘मैले संसदमा पनि भनेको थिएँ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो ? लुम्बिनीको जरुरी थियो ? त्यहाँ अर्बौँको खर्च भएको छ । त्यहाँ पैसा लगानी भएको छ । त्यो लगानीको प्रतिफल विचार गर्नुस् त । त्यसको ब्याज । त्यही पैसा यदि अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल प्राप्त हुन्थ्यो,’ उनले भने ।

देशमा आवश्यकताहरूको प्राथमिकीकरण गर्न नसकिएको औँल्याउँदै अध्यक्ष नेपालले कुनै पनि कुरामा दूरगामी सोच राख्न नसकिएको टिप्पणी गरे । देशको सबै क्षेत्रमा समस्या रहेको भन्दै उनले समस्याको मुख्य कारण भ्रष्टाचार भएको बताए । मुख्य नेतृत्वमा भ्रष्टाचार अन्त्य गर्ने इमानदार प्रतिबद्धता नभएसम्म यसको अन्त्य नहुने उनले प्रस्ट पारे ।