मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १० शुक्रबार १०:१५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विद्यालय तहका पुस्तकको मूल्य पुरानै कायम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १० शुक्रबार १०:१५:००

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी ०८० का लागि पाठ्यपुस्तकको मूल्य पुरानै कायम गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष ०७७ का लागि स्वीकृत गरेको मूल्यलाई नै कायम गरी विवरण सार्वजनिक गरेको हो । 

केन्द्रले कक्षा १ देखि १० सम्म चार रङका पाठ्यपुस्तक र कक्षा ११ र १२ सम्मका पाठ्यपुस्तकको विषयगत पृष्ठसंख्या, प्रिलिन्स पृष्ठ र मूल्यको विवरण दिएको हो । कक्षा १ देखि ३ सम्मको प्रतिपेज ६० पैसा, कक्षा ४ देखि १० सम्मको प्रतिपेज ५५ पैसा कायम गरेको छ । कक्षा १ को पाठ्यपुस्तकको मूल्य १०८ रुपैयाँदेखि १३६ रुपैयाँ ८ पैसा कायम गरिएको छ ।

यसमा मातृभाषा तथा स्थानीय विषयको मूल्य उल्लेख गरिएको छैन । केन्द्रले कक्षा ९ का ऐच्छिक विषयका मुद्रणीय प्रति एक रङमा भएकाले प्रतिपेज ३६ पैसा र बहुरङमा छापिएका अंग्रेजी माध्यममा पाठ्यपुस्तकका हकमा नेपाली माध्यममा छापिएका पाठ्यपुस्तकसरह तथा अन्य कक्षाका एक रङमा छापिएका ऐच्छिक पाठ्यपुस्तकको हकमा प्रतिपेज ३६ का दरले हुने उल्लेख गरेको छ । कागजको मूल्य बढेका कारण पुस्तकको मूल्यमा घाटा हुने जनक शिक्षा केन्द्रका अधिकारीको भनाइ छ ।