मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १० शुक्रबार ०८:२१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खप्तड गोल्डकपमा बागमती विजयी

Read Time : < 1 मिनेट
२०७९ चैत १० शुक्रबार ०८:२१:००

बागमती फुटबल क्लबले मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा एपिएफलाई १–० ले हराएको छ । धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा बागमतीको जितमा अनिल रानामगरले एक मात्र निर्णायक गोल गरेका थिए । उनले खेलको चौथो मिनेटमा बागमतीलाई अग्रता दिलाए । खेलमा थप गोल नहुँदा उनकै गोल निर्णायक बन्यो ।

बागमती क्वार्टरफाइनलमा पुगेको छ । बागमतीले अब सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । प्रतियोगिताको दोस्रो खेल शुक्रबार खुमलटार एफसी र एभिनियर एफसी क्यामरुनबीच हुनेछ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको उद्घाटन गरेका थिए । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाउँदै धनगढी रंगशालामा रात्रिकालीन खेल प्रतियोगिता सञ्चालन गर्न सकिने गरी फ्लड लाइट जडान गर्न माग गरेको छ । 

खप्तड गोल्डकपलाई दीर्घकालीन रूपमा निरन्तरता दिनमा सहयोग पुग्ने गरी प्रदेश सरकारको रातो किताबमै बजेट विनियोजन गर्न पनि क्लबले माग गरेको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका ६, दुई विदेशी, मोफसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । 

उपाधि विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।