Skip This
विद्युतीय धरापमा परेर एक पुरुषको ज्यान गयो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Tuesday, 13 May, 2025
श्रवण थापा सर्लाही
२o७९ चैत ९ बिहीबार ११:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युतीय धरापमा परेर एक पुरुषको ज्यान गयो

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार ११:५१:oo

सर्लाहीको बलरामा विद्युतीय धरापमा परेर एक पुरुषको ज्यान गएको छ ।  बुधबार राति नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका– ५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको विद्युतीय धरापमा परेर ज्यान गएको हो । 

जंगली जनावरलाई थापिएको विद्युतीय धरापमा परेका महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । महतो राति पिसाब फेर्न जाँदा छिमेकीको मकैबारीमा थापेको विद्युतीय धरापमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । 

प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए । महतोको शव प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमपश्चात् परिवारले बुझेर लगेका छन् । 

जंगली जनावरले बालीनाली खाएर दुःख दिन थालेपछि किसानले यसरी खेतबारीमा विद्युतीय धराप थाप्ने गरेका छन् । त्यसमा परी बर्सेनि मानिसको करेन्ट लागेर ज्यान जाने गरेको छ ।