
अशोक लेल्यान्डको कमर्सियल भेइकल खरिद गर्नका लागी नबिल बैंकले कर्जा दिने भएको छ । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारीसाधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा आइएमई मोटर्सका सिइओ हेमन्त पुराणिक र बैंकका कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार देशभर रहेका अशोक लेल्यान्डका १७ वटै सोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट कर्जासमबन्धी प्रक्रिया अघि बढाउन सकिने जनाइएको छ ।
अशोक लेल्यान्ड ब्रान्डका सवारीसाधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । नेपाल राष्ट्र बैंकको नीति–निर्देशनअन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने बैंकको भनाइ छ ।
अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्सले देशभर सोरुम तथा सर्भिसिङसहितका टच प्वाइन्ट विस्तार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । कम्पनीले हालै लाइट कमर्सियल भेइकल ‘दोस्त’का लागि पाँचवर्षे वारेन्टी घोषणा गरेको छ ।